Kakhara सबैको खबर सम्पूर्ण खबर
यि समूहले जिते भूमेमा आयोजित मौलिक नाच प्रतियोगिता  

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर २ खावाङमा आयोजित तेस्रो भूमे खुला साँस्कृतिक महोत्सव सकिएको छ । असार २ गते संघीय सांसद कमला रोकाले उद्घाटन गरेको महोत्सव शनिबार सकिएको हो । महोत्सवमा विभिन्न मौलिक नाचहरुको प्रतियोगिता भएको छ । 

IMG_46451655650676.JPG

स्थानीय नाचहरुको संरक्षणका लागि २०७५ साल देखि गाउँपालिकाले हरेक वर्ष मगर समुदायको प्रमुख चाड भूम्या पर्वको अवसरमा स्थानीय मौलिक नाचहरुको प्रतियोगिता आयोजना गरिरहेको छ । यो पटक विभिन्न ६ वटा स्थानीय नाचहरुमा प्रतिस्पर्धा गराईएको छ । भूमे गाउँपालिका सहित अन्य स्थानीय तहका नचारुहरुले प्रतिस्पर्धा गरेका छन् । 

IMG_47081655650699.JPG

महोत्सवमा भूमे, मयूर, नचारु÷ढंगे, फाँक, झोरेल्नी र पैसेरु नाचमा प्रतिस्पर्धा गराईएको थियो । जसअन्तरगत भूमे नाच प्रतियोगितामा भूमे गाउँपालिका वडा नम्बर ७ धर्मशालाको समुह प्रथम भएको छ । भूमे २ काँक्रि द्धितिय हुँदा भूमे ६ महत तेस्रो र भूमे ३ क्याङसी शान्त्वना भएको छ । त्यस्तै मयूर नाचमा सिस्ने गाउँपालिका ५ रुमालवाराको टिम प्रथम भएको छ । 

IMG_47331655650720.JPG

प्रतिस्पर्धामा भूमे २ खावाङ द्धितिय र भूमे ६ महत तेस्रो भएको भूमे गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार नचारु अर्थात ढंगे नाचमा भूमे ३ क्याङसी प्रथम, भूमे ३ सीमा द्धितिय र भूमे ६ महत तेस्रो भएको छ । फाँक गीत तथा नाचमा भने भूमे ३ क्याङसी ‘ए’ प्रथम, भूमे ३ क्याङसी ‘बि’ द्धितिय, भूमे १ लुकुम तृतिय र भूमे ६ महत शान्त्वना भयो । 

IMG_47641655650745.JPG

झोरेल्नी नाच तर्फ भूमे ६ महत प्रथम, भूमे ३ सीमा द्धितिय र भूमे ३ क्याङसी तृतिय हुँदा पैसेरु नाचमा रुन्चे नाखे प्रथम, डिभिआर नाच तथा कला संरक्षण समूह भूमे ७ द्धितिय, झुम्लावाङ तृतिय र क्याङसी शान्त्वना भएको आयोजक भूमे गाउँपालिकाले जनाएको छ । मगर समुदायले हरेक वर्षको असार १ गते देखि असार पहिलो सातासम्म धुमधामका साथ भूम्या पर्व मनाउने गर्छन् । 

IMG_48281655650767.JPG

प्रकृति पूजक मगर समुदायको प्रमुख चाड भूम्या अर्थात बल पुजालाई अवसर बनाएर भूमे गाउँपालिकाले स्थानीय नाचहरुको प्रतिस्पर्धा गराईरहेको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनुभयो । यो कार्यक्रमलाई भोलीका दिनमा पनि निरन्तरता दिने उहाँले बताउनुभयो । यसले स्थानीय नाचहरुको संरक्षणमा टेवा पुगिरहेको उहाँको भनाई छ ।

IMG_48361655650794.JPG

IMG_48751655650822.JPG

IMG_48591655650855.JPG

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update