Kakhara सबैको खबर सम्पूर्ण खबर
सिमितताका विचबाट काम गर्नुपर्योः निवर्तमान जिसस प्रमुख शर्मा 

जिल्ला समन्वय समिति रुकुम पश्चिमका निवर्तमान प्रमुख राजकुमार शर्माले आफुहरुले सिमितताका विचबाट काम गरेको बताउनुभएको छ । आज भएको छैटौं जिल्ला सभालाई सम्बोधन गर्दै शर्माले पहिलो कार्यकाल भएकाले कानुन निर्माण देखि कर्मचारी अभाव सम्मका विभिन्न समस्याहरु भोग्नु परेको बताउनुभयो । 

सिमितताका विचबाट पनि थुप्रै कामहरु भएको उहाँको भनाई छ । ‘कर्मचारीको अभाव रह्यो, विषय विज्ञको अभावमा प्रभावकारी अनुगमण हुन सकेन, सुरुवात भएकाले धेरै अन्यौलता देखियो उहाँले भन्नुभयो–तर पनि धेरै राम्रा कामहरु भएका छन्, हामीले रुकुमबाट समाजवादको यात्रा सुरु गरेका छौं ।’ अव यसलाई थप सार्थकता दिने बेला आएको उहाँले बताउनुभयो । 

उहाँले समाजवाद उन्मुख नीति, कार्यक्रम र बजेट बनाई कार्यान्वयन गर्न स्थानीय तहहरुलाई आग्रह समेत गर्नुभयो । साथै उहाँले जिल्ला समन्वय समिति सेरेमोनियल नभई कार्यकारी भएको बताउनुभयो । ‘जिल्ला समन्वय समितिलाई सेरेमोनियल संस्थाको रुपमा हेरिएको छ तर म भन्छु जिल्ला समन्वय समिति कार्यकारी हो यसका धेरै अधिकार छन्, त्यसको पूर्ण कार्यान्वयनको आवश्यकता छ उहाँले भन्नुभयो ।’ 

तर जिल्ला समन्वय समितिलाई थप अधिकार सम्पन्न बनाउन भने आवश्यक रहेको उहाँको भनाई छ । दरवन्दी अनुसार कर्मचारीको व्यवस्थापन, प्रभावकारी अनुगमणका लागि विषयविज्ञको व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो ।
 

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update