Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा पनि आठौं अन्तराष्ट्रिय योग दिवस मनाइयो   
योग दिवसकाे अवसरमा योग अभ्यास हुँदै ।

रुकुम पश्चिममा पनि आठौं अन्तराष्ट्रिय योग दिवस मनाइएको छ । वालमन्दिर प्रागंणमा आज मानवताका लागि योग भन्ने नाराका साथ आठौं अन्तराष्ट्रिय योग दिवस मनाइएको हो । योग दिवसको आयोजना जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमले गरेको हो । दिवसको अवसरमा २ घण्टा योग, ध्यान कार्यक्रम सञ्चालन गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिमका निमित कार्यालय प्रमुख शकंर साह रौनियारले बताउनुभयो ।

उहाँका अनुसार कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, १ नम्बर वडा अध्यक्ष ज्ञानुचन्द्र चल्द लगायत अन्य २० जनाको सहभागिता रहेकाे थियाे । कार्यक्रममा सहभागि सवैलाई फलफुल पनि वितरण गरिएको थियो । मानव जिवनमा योगको महत्वपूर्ण भुमिका हुने भएकाले स्वच्छ रहन योगको आवश्यकता रहेकाे साहले बताउनुभयाे ।

सामान्य विरामी हुदाँ अनावश्यक पैसा खर्च गरी औषधि सेवन गर्नुभन्दा केहि रोगको समस्या हल गर्न साँझ विहान समय मिलाएर योग गर्दा पनि ठिक हुने उहाँकाे भनाइ छ । योग गर्नाले शरिरको मोटोपन घटाउनुका साथै अल्छिपना पनि कम हुने उहाँले बताउनुभयाे । 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update