Kakhara सबैको खबर सम्पूर्ण खबर
गैरिनेटाका आमा समुह र हजार दिने आमाहरुलाई विभिन्न सामग्री वितरण
सामग्री वितरण गरिदै ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ को गैरिनेटामा सुनौला हजार दिनका आमाहरुलाई अण्डा वितरण गरिएको छ । साथै आमा समुहका प्रत्यक सदस्यहरुलाई व्यक्तिगत सरसफाईका सामग्री र आमा समुहलाई  स्टेचर पनि वितरण  गरिएको छ ।

मानव विकास तथा सामुदायिक स्वास्थ्य सेवा अन्तरगत मातृ शिशु तथा बाल स्वास्थ्य प्रबद्र्धन कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरिएको मानव विकास तथा सामुदायिक स्वास्थ्य सेवा अन्तरगत मातृ शिशु तथा बाल स्वास्थ्य प्रबर्धन कार्यक्रमका सामाजिक परिचालक कल्पना पुनले जानकारी दिनुभयो । उहाँका अनुसार परियोजनाको नियमित कार्यक्रम अन्तरगत उक्त सामग्री वितरण गरिएको हो । 

हजार दिने आमा र बच्चाको पोषण अवस्था संगै स्वास्थ्य अवस्था सुधार गर्नुका साथै कुपोषण दर कम गर्नका लागि पोषण सामग्री वितरण गरिएको हो । सुनौलो हजार दिनका आमाहरुलाई पोषण सम्बन्धी  जानकारी पनि गराईएको सामाजिक परिचालक पुनले बताउनुभयो । सामुदायिक स्वास्थ्य इकाई सेवा केन्द्र गैरिनेटामा भएको कार्यक्रममा स्वास्थ्य सेवा केन्द्र गैरिनेटाका अहेब धनकुमारी ओली, अनमी सुजता खड्का, आमा समुहका सदस्य तथा सुनौला हजार दिनका आमाहरुको उपस्थिति रहेको थियो ।
 

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update