Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी गाउँपालिकाकाे आगामि वर्षको बजेट साढे ७० करोड (पूर्ण पाठ सहित)
गाउँसभामा बजेट पेश गर्दै गाउँपालिका उपाध्यक्ष कमला राेका पुन ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । आजको गाउँसभामा गाउँपालिका उपाध्यक्ष कमला रोका पुनले गाउँपालिकाको आगामि आर्थिक वर्ष २०७९÷८० को अनुमानित बजेट पेश गर्नुभएको हो । आगामी वर्षका लागि ७० करोड ५५ लाख ९० हजार बराबरको बजेट प्रस्ताव गरिएको छ । संघ, प्रदेशबाट प्राप्त हुने, गाउँपालिकामा मौज्दात रकम र गाउँपालिकाको अनुमानित आन्तरिक आम्दानीका आधारमा आगामि वर्षको बजेट निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँ सभामा प्रस्तुत कुल बजेट मध्ये संघइि सरकार अन्तर सरकारी हस्तान्तरण समानीकरण अनुदान १० करोड २५ लाख, संघीय सरकार राजश्व बाँडफाँड अनुदान ९ करोड २३ लाख ५० हजार, संघिय सरकारबाट प्राप्त शसर्त अनुदान २१ करोड ७९ लाख, संघीय सरकारको विशेष अनुदान ५० लाख र संघीय सरकारको समपूरक अनुदान ५० लाख छ । त्यस्तै प्रदेश सरकारको समानीकरण अनुदान ९७ लाख ६८ हजार, राजश्व बाँडफाँड अनुदान ५ लाख १२ हजार, समपूरक अनुदान १ करोड ५० लाख, विशेष अनुदान ६० लाख र शसर्त अनुदान वाफत ३ करोड ७० लाख १० हजार प्राप्त हुने बजेट वक्तव्यमा उल्लेख छ ।

गाउँपालिकाको मौज्दात २ करोड, आन्तरिक स्रोत १ करोड ५० लाख, गरिबसंग विश्वेश्वर कार्यक्रमको ५ लाख ५० हजार, एकीकृत स्वास्थ्य पूर्वाधार निर्माण अन्तरगतको ९ करोड र सामाजिक सुरक्षा अन्तरगतको ९ करोड गरी कुल ७० करोड ५५ लाख ९० हजार बराबरको बजेट अनुमान गरिएको गाउँपालिका उपाध्यक्ष कमला रोकाले बताउनुभयो । यो बजेटलाई आवश्यक छलफल सहित गाउँसभाले पारित गर्ने उहाँले बताउनुभयो । आगामी वर्षको नीति तथा कार्यक्रम भने हिजोको गाउँसभामा गाउँपालिका अध्यक्ष विर्खबहादुर बिष्टले प्रस्तुत गर्नुभएको थियो । 

बजेटकाे पूर्ण पाठः

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update