रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले पनि आगामि आर्थिक वर्ष २०७९/०८० का लागि बजेट ल्याएको छ । आज आयोजित गाउँसभामा गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले आगामि वर्षको अनुमानित बजेट पेश गर्नुभयो । गाउँपालिकाले ४९ करोड ३५ लाख ६५ हजार ४ सय २२ रुपैँया विनियोजन गरेको छ । कुल विनियोजित बजेट मध्ये चालुतर्फ रु. ३६ करोड ८० लाख ६५ हजार ४ सय २२ रुपैंया रहेको छ । यो कुल बजेटको ७४.५७ प्रतिशत हो । पुँजीगततर्फ रु. १२ करोड ५५ लाख अर्थात २५.४३ प्रतिशत रहको छ ।
विभिन्न स्रोतबाट व्यहोर्ने गरी गाउँपालिकाले बजेट निर्माण गरेको हो । खर्च व्यहोर्ने स्रोतहरुमध्ये आन्तरिक राजश्वबाट रु. १ करोड, संघीय सरकार वित्तीय समानीकरण अनुदानबाट रु. ९ करोड ५६ लाख, संघीय सरकार ससर्त अनुदानबाट रु. २२ करोड २१ लाख, संघीय सरकार समपूरक तर्फ रु. १ करोड र संघीय विशेष तर्फ रु. १ करोड र संघीय सरकार राजश्व बाँडफाँडबाट रु. ८ करोड ५ लाख ८७ हजार रहेको छ ।
त्यस्तै प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट रु. ९२ लाख २१ हजार, प्रदेश सरकार सशर्त अनुदानबाट रु. २ करोड ७५ लाख ५० हजार, प्रदेश सरकार समपूरक तर्फ रु. १ करोड र प्रदेश सरकार विशेष तर्फ रु. ८० लाख, प्रदेश सरकार राजश्व बाँडफाँडबाट रु. ५ लाख ७ हजार ४ सय २२ र आर्थिक वर्ष २०७८/०७९ मा खर्च नभई बचत हुने रकम रु. १ करोड प्रक्षेपण गरिएको छ ।
बजेटकाे पूर्णपाठः