Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमेले सडक दुर्घटनालाई लक्षित गर्दै ट्रमा अस्पताल बनाउने (नीति कार्यक्रमको पूर्ण पाठ सहित)
नीति, कार्यक्रम पेश गर्दै गाउँपालिका अध्यक्ष हाेमप्रकाश श्रेष्ठ ।

रुकुम पूर्वको भूमे गाउँपालिकाले पनि आगामि आर्थिक वर्षको नीति, कार्यक्रम ल्याएको छ । असार १० गते भित्र गाउँसभामा नीति, कार्यक्रम ल्याउनुपर्ने व्यवस्था अनुसार गाउँपालिकाले बिहिबार नीति कार्यक्रम ल्याएको हो । गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले नीति कार्यक्रम गाउँसभामा पेश गर्नुभयो । गाउँपालिकाले केही पुराना कार्यक्रमलाई समेत निरन्तरता दिँदै आगामि वर्षका लागि नीति कार्यक्रम बनाएको छ । आगामि वर्ष सडक दुर्घटनालाई लक्षित गर्दै मध्यपहाडी लोकमार्ग आसपासमा ट्र«मा अस्पताल निर्माण गर्ने कार्यक्रम बनाएको छ ।

गाउँपालिकाद्धारा सञ्चालित अस्थायी अस्पतालको सुधृढीकरण, निर्माणाधीन ५ शैयाको अस्पतालको कार्यसम्पन्न तथा व्यवस्थापन, सडक दुर्घटनालाई मध्यनजर गरी मध्यपहाडी लोकमार्ग आसपासमा ट्रमा अस्पताल तथा टेलिमेडिसिन सेवा संचालन गर्न आवश्यक समन्वय र पहल गर्ने नीति कार्यक्रममा भनिएको छ । स्वास्थ्य संस्थालाई सेवा प्रवाहका आधारमा दण्ड र पुरस्कृतको व्यवस्था, द्वन्द्व पीडित, अति विपन्न परिवार, घाइते तथा अपाङ्गता भएका व्यक्ति र दीर्घ रोगीहरुको तथ्याङ्क संकलन तथा पुनप्र्राथमिकरण गरी निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने छ ।

त्यस्तै संस्थागत सुत्केरी सेवालाई थप प्रभावकारी बनाउन सुत्केरी भान्छा घर निर्माण तथा सुदृढीकरणमा जोड दिने, स्थानीय परम्परागत उपचार पद्धतिका ज्ञाता, धामी, झाँक्रीहरुको परम्परागत ज्ञान र विधिको सदुपयोग गर्न स्वास्थ्य तथा पोषण सम्बन्धी जानकारी दिन अन्तरक्रिया कार्यक्रमलाई पनि गाउँपालिकाले नीति कार्यक्रममा रोखेको छ । संस्थागत प्रसूति दर वृद्धि गरी गर्भवती र सुत्केरी आमाको मृत्युदरलाई शून्य पार्न विगतमा अपनाइएको नीति तथा कार्यक्रमलाई निरन्तरता दिने तथा प्रसूति चेकजाँच र रेफरका लागि निःशुल्क एम्बुलेन्स सेवा र पोषण झोला कार्यक्रम सञ्चावलन गर्ने उल्लेख छ ।

यसका साथै अति विपन्न तथा घाइते व्यक्तिको उपचार सहायताका लागि नेपाल सरकार तथा प्रदेश सरकारसँग समन्वय सिफारिसका साथै निःशुल्क एम्बुलेन्स सेवा तथा उपचार सहायताका लागि कोष स्थापना गर्ने नीति कार्यक्रममा समावेश छ । स्थानीय पाठ्यपुस्कक लागु गर्ने र त्यसमा वृहत्तर यौनिकता तथा प्रजनन स्वास्थ्य शिक्षा समेत समावेश गरेर विद्यालयस्तरमा अध्ययन अध्यापनको व्यवस्था मिलाउने भनिएको छ । साथै विद्यालयमा निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरिने छ । 

गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले गाउँसभामा पेश गरेको नीति कार्यक्रमको पूर्ण पाठः


 

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update