रुकुम पूर्वको सिस्ने गाउँपालिकाले पनि आज आगामि आर्थिक वर्ष २०७९÷०८० का लागि बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले गाउँसभा समक्ष झण्डै ५७ करोड बराबरको बजेट पेश गर्नुभएको हो । उहाँले पेश गरे अनुसार गाउँपालिकाको आगामि वर्षको बजेट ५६ करोड ७६ लाख ४० हजार ४ सय ६४ रुपैंया रहेको छ । कुल बजेटको चालु तर्फ २६ करोड ३६ लाख ७ हजार ८ सय ५७ र पुँजीगततर्फ २० करोड ४० लाख ३२ हजार ६ सय ७ रुपैंया छ ।
गाउँपालिकाले कृषिमा १ करोड ४९ लाख ५० हजार, पशुमा ८२ लाख ५० हजार बजेट विनियोजन गरेको छ । गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा ३ करोड १४ लाख, सहकारी संस्थाहरुको स्तरोउन्नती र प्रवद्र्धनका लागि ५ लाख ५० हजार, सूचना तथा सञ्चार तर्फ ५९ लाख ५० हजार र स्थानीय सडक तथा पुल क्षेत्रतर्फ ३ करोड २३ लाख ९२ हजार ६ सय ७ रुपैया बजेट विनियोजन गरिएको छ ।
त्यस्तै समग्र ऊर्जा क्षेत्रमा कुल ४५ लाख ५० हजार, समग्र भवन तथा सहरी विकास तर्फ २ करोड २३ लाख, शिक्षा तर्फ २१ करोड ५६ लाख ८० हजार, स्वास्थ्य क्षेत्रमा गुणस्तरीयता कायम गर्न ४ करोड १५ लाख ६६ हजार, खेलकूद तथा साँस्कृतिक संरक्षण प्रबद्र्धन, मनोरञ्जन विषयमा ९४ लाख, सरसफाई तथा खानेपानी तर्फ ४ करोड ७४ लाख ७५ हजार र लैंगिक समानता सामाजिक समावेशिकरणका लागि १ करोड १६ लाख ५ हजार बजेट छुट्याईएको छ ।
यसका साथै वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास, सुशासन तथा सेवा प्रवाह शिर्षकमा पनि गाउँपालिकाले बजेट विनियोजन गरेको छ । नीति कार्यक्रम भने हिजै गाउँसभा समक्ष पेश गरिएको थियो । गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले पेश गरेको नीति कार्यक्रम गाउँ सभाले हिजै पास समेत गरेको थियो ।
बजेटकाे पूर्ण पाठः