Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोट नगरपालिकाका करार कर्मचारीको तलब २ हजार बढ्यो 
aa.jpg

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा कार्यरत करार कर्मचारीहरुको तलब २ हजार बढेको छ । आज नगर उपप्रमुख धनकुमारी शाहीले नगर सभामा पेश गरेको बजेटमा नगरपालिकामा कार्यरत सबै करार कर्मचारीहरुको तलब २ हजार वृद्धि गरिएको उल्लेख छ । हाल खाईपाई आएको तलबमा अव सबै करार कर्मचारीहरुले २ हजार बढी तलब पाउने छन् । नगरपालिकाले शिक्षक, नगर प्रहरी, तथा अन्य विभिन्न तहमा कर्मचारी करारमा नियुक्त गरेको छ ।

उनिहरुले नगरपालिकाको आन्तरिक स्रोतबाट तलब भत्ता पाउँदै आएका छन् । अन्य सरकारी कर्मचारीहरुको तलव वृद्धि हुँदा पनि आफ्नो तलब नबढेको भन्दै स्थानीय तहमा कार्यरत करारका कर्मचारीहरुले आपत्ति जनाउँदै आएका थिए । आठबीसकोट नगरपालिकाले भने त्यसलाई सम्बोधन गर्ने प्रयास गरेको छ । संघीय सरकारले जेठ १५ गते प्रस्तुत बजेट मार्फत सरकारी कर्मचारीको तलब ५ हजारले बृद्धि गरेको थियो ।  
 

प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update