Kakhara सबैको खबर सम्पूर्ण खबर
सात जिल्लामा कोरोना संक्रमण  शुन्य

कर्णालीका १० जिल्लामध्ये सात जिल्लामा कोरोनाको सक्रिय संक्रमित संख्या शून्यमा झरेको छ । कर्णालीका रुकुम पश्चिम सहित दैलेख, जाजरकोट, सल्यान, कालिकोट, हुम्ला र मुगु जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो । दैलेखमा एक हजार ६ सय ८४, जाजरकोटमा एक सय ५९, सल्यानमा ६ सय ९३, रुकुम पश्चिममा दुई सय ५७, कालिकोटमा ३ सय ३१, हुम्लामा ६१ र मुगु ४१ जनामा कोरोना संक्रमण देखिएको थियो ।

सबै संक्रमित निको भएर डिस्चार्ज भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कर्णालीका तीन जिल्ला सुर्खेतमा २१, जुम्लामा ३ र डोल्पामा १ जना कोरोना संक्रमित रहेका छन् । कर्णाली प्रदेशमा ९७ हजार दुई सय १० जनामा परीक्षण गरिएकोमा सात हजार पाँच सय २८ जनामा कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमणका कारणले कर्णालीमा ३१ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update