Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमबाट माओवादीका वैकल्पिक सहित ५ जना केन्द्रीय सदस्य थप
केन्द्रीय सदस्य र वैकल्पिक केन्द्रीय सदस्य ।

रुकुम पश्चिमबाट नेकपा माओवादी केन्द्रका २ जना केन्द्रीय सदस्य थप भएका छन् । हिजो देखि काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य थपेर केन्द्रिय समितिलाई ३ सय ७३ सदस्यीय बनाएको छ । जसमा रुकुम पश्चिमबाट २ जना केन्द्रीय सदस्य थप भएका हुन् । गोपाल शर्मा अनल र महेन्द्र केसी पारषमणिलाई माओवादीले केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

केन्द्रीय सदस्यमा मनोनित हुनुभएका शर्मा कर्णाली प्रदेश सभा सदस्य हुनुहुन्छ । यो संगै जिल्लाबाट केन्द्रीय सदस्यको संख्या ७ पुगेको छ । यसअघि जनार्दन शर्मा, राजकुमार शर्मा, बसन्तकुमार शर्मा, लक्ष्मी पुन र लुम्बिनी गौतम केन्द्रीय सदस्य हुनुहुन्थ्यो । त्यस्तै जिल्लाबाट ३ जना वैकल्पिक केन्द्रीय सदस्य पनि थपिएका छन् । गोरखबहादुर केसी, पुष्प वादी र विशाल शर्मा वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित हुनुभएको हो ।

वादी चौरजहारी नगरपालिकाको नगर प्रमुख हुनुहुन्छ भने शर्मा चौरजहारीको निवर्तमान प्रमुख हुनुहन्छ । केसी आठबीसकोट नगरपालिकाको निवर्तमान नगर प्रमुख हुनुहुन्छ ।    
 

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update