Kakhara सबैको खबर सम्पूर्ण खबर
होल्तारामा स्वास्थ्य शिविर हुने
मुसीकोट नगरपालिकाको ९ नम्बर वडा र स्वास्थ्य चौकी ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ९ ले स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । आगामी फागुन ७ र ८ गते एकीकृत स्वास्थ शिविर गर्न लागिएको हो । सर्वसाधारणको निःशुल्क स्वास्थ्य चेकजाँच तथा उपचारका लागि शिविर आयोजना गरिएको वडाध्यक्ष नविन ओलीले जानकारी दिनुभयो । टोल अनुसारको दिन तोकेर शिविर आयोजना गरिएको वडाध्यक्ष ओलीले बताउनुभयो ।

७ गते नमूना टोल चौखावाङ, स्वारा कुलसिमला टोल र होलतारा तथा अदुवारी टोलका सर्वसाधारणले सेवा पाउनेछन् । ८ गते कामी गाउँ टोल, हिल, लिंगुर टोलका सर्वसाधारणले स्वास्थ्य सेवा लिने गरी तालिका बनाइएको छ । शिविरमा नेपाल नेत्रज्योती संघ सल्ले आँखा उपचार केन्द्रले आँखा र कान, साझा मुराल अस्पताल र झुल्खेतको प्रयोगशालाले ल्याब सेवा तथा स्वास्थ्य चौकी होल्ताराले अरु विभिन्न रोगको चेकजाँच तथा उपचार गर्ने गरी शिविर गरिएको वडाध्यक्ष बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update