रुकुम पश्चिम मुसीकोट नगरपालिका वडा नम्बर ९ मा रहेको चुन खोला दुई लघु जलबिद्युत आयोजना सुचारु भएको छ । जेठ ८ गते आयोजनाको जेनेरेटरमा खराबि आएपछि आयोजना अवरुद्ध भएको थियो । विग्रिएको जेनेरेटर बुटवल लिएर मर्मत गर्दा पनि नबनेपछि विराटनगरबाट प्राविधिक बाेलाएर मर्मत गरिएपछि विद्युत सेवा सुचारु भएको आयोजना समितिका अध्यक्ष ज्ञानबहादुर ओलीले जानकारी दनुभयो ।
विद्युत सेवा सुचारु भएपछि उपभोक्ताहरु हर्षित भएका छन् । आयोजना अवरुद्ध भएपछि स्थानीयको दैनिकि कष्टकर बनेको थियो । विद्युतबाट हुने कामहरु रोकिएका थिए । मोबाईल चार्ज गर्न स्थानीयलाई समस्या भएको थियो । आयोजना अवरुद्ध हुँदा वडाका कामिगाउँ टोल, अदुवारी, होलतारा, होल, लिङगुर टोलका उपभोक्ता मारमा परेका थिए । ३ लाख ५० हजारमा आयोजना मर्मत गरी संचालनमा ल्याईएको समितिले जनाएको छ ।