रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १२ मा चट्याङ लागेर दुई महिला घाइते भएका छन् । मंगलबार परेको चट्याङ लागेर सुर्किमारेकी ४६ वर्षिया लक्ष्मी ओली र वोहरागाउँकी ३० वर्षिया काैशिला महतारा बोहरा घाइते हुनुभएको हो ।
घाइतेहरुको शरिरका विभिन्न अंगमा चोट लागेको बताईएको छ । घरमै रहेको अवस्थामा चट्याङ लागेको स्थानीय दिलबहादुर ओलीले जानकारी दिनुभयो । घाईतेहरु स्थानीय मेडिकलमा उपचार पछि घर फर्किएको उहाँले बताउनुभयो । उनीहरुको अवस्था सामान्य रहेको छ । त्यस्तै चट्याङले स्थानीयका करिब ५० बढी बिजुलीका ब्लवमा क्षेति गरेको छ ।
चट्याङले स्थानीय अतिराम ओलीको घरमा सामान्य क्षेति पुगेको छ भने सोलारमा पूर्ण क्षेति गरेको छ । त्यस्तै सोमबार परेको चट्याङ लागेर स्यानालेखका मोतविर बोहराको भैंसी मरेको थियो । भने घर चर्किएको बताईएको छ ।