Kakhara सबैको खबर सम्पूर्ण खबर
पहिरोले २ गाउँ जोखिममा 
मुसीकाेट नगरपालिका ५ काे डाङडुङेमा खसेकाे पहिराे ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ५ को डाङडुङ्गे र घोयलपानी गाउँ पहिरोको जोखिममा परेका छन् । गाउँ तलतिरबाट ठूलो पहिरो झरेपछि गाउँ नै जोखिममा परेको हो । असार २० गतेबाट सुरु भएको पहिरोले १० घरको खेतवारी बगाईसकेको छ भने २ घरको खेत पुरिएको छ । अव पहिरो गाउँ नजिकै पुगेको स्थानीय मनोज बुढाथोकीले बताउनुभयो । 

१० घर पहिरोको जोखममा छन् । त्यसमध्ये २ घर उच्च जोखिममा रहेको बुढाथोकीले बताउनुभयो । स्थानीय लिलाधर देवकोटा र गणे देवकोटाको घर उच्च जोखिममा छ । घर नजिकै पहिरो पुगेको छ । त्यस्तै कमल रावल, तारा गिरी, इन्द्रजीत गिरी, मोहनसिंह रावल, रणबहादुर रावल, विरबहादुर रावल, भागिराम देवकोटा र मानबहादुर रावलको घर पनि जोखिममा रहेको छ । 

290936446_1045203893057482_2909446656410509067_n1657086386.jpg

स्थानीय जोखिम मोलेर वसिरहेका छन् । दिउँशो घरमा वसेपनि रातीमा भने आफन्तको घरमा वस्ने गरेको पिडितहरुको भनाई छ । केही पिडितहरु भने जोखिम मोलेरै घरमै वस्न बाध्य छन् । पहिरोले स्थानीय मुकेश रावल र कमल रावलको मकै बारी पूर्ण रुपमा बगाएको छ । 

दिलिप रावल, भुपेन्द्र गिरी, प्रेम रावल, तारा गिरी, इन्द्रजीत गिरी, रणविर रावल र भुपनारायण गिरीको खेत पनि पहिराेले बगाएको पिडित कमल रावलले बताउनुभयो । उहाँका अनुसार माथिबाट खसेको पहिरोले स्थानीय टोपबहादुर विसी र शेरबहादुर विसीको खेति परिएको छ । 

यसैविच पहिरोका कारण गाउँमा खानेपानीको समस्या भएको छ । पहिरोले गाउँमा खानेपानी ल्याईएको पाईप बगाएपछि खानेपानीको अभाव भएको हो । अहिले स्थानीयले खोलामा रहेका मुहानबाट खानेपानीको जोहो गरिरहेका छन् । डाङडुङ्गे मुहानबाट ज्यामिनडाँडा हुदैँ कुनावाङ ल्याईएको खानेपानीमा पहिरोले क्षेति गरेको हो । 

290235723_1100210094180560_6204613895864848406_n1657086451.jpg

त्यस्तै बालबालिकाहरुलाई विद्यालय पुग्न समस्या भएको छ । पहिरोले आवत जावत रोकेको स्थानीयले बताएका छन् । पहिरोकै कारण बिद्युत आपुर्ति समेत बन्द भएको छ । उक्त ठाउँ २ वर्ष अगाडी भासिएको थियो भने गतवर्षबाट पहिरो जान सुरु भएको थियो । पटक पटक झरेको पहिरोले सडक आवागमणलाई प्रभावित बनाउने गरेको थियो भने डोजर लगाएर बाटो खुलाउने गरिएको थियो । 

तर यस पटक भने ठूलो पहिरो झरेको हो । पहिरो अझै बढ्ने देखिन्छ ।
 

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update