Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीकाे न्यायिक समितिमा पाँच वर्षमा डेढसय उजुरी
कार्यक्रमका सहभागि ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको न्यायिक समितिले पाँच बर्षसम्म गरेका न्याय सम्पादन सम्बन्धी प्रगति सार्वजनिक गरेको छ । समितिले ५ वर्षसम्म गाँउपालिका भित्रका १० वटै वडाहरुमा भए गरेका विभिन्न न्याय सम्बन्धी कामहरुको बारेमा जानकारी गराईएको हो । गाउँपालिकामा गठित न्यायिक समितिमा आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७८/०८९ को माघ मसान्तसम्म १ सय ३५ वटा उजुरी परेका छन् । जसमध्ये १ सय ३४ वटा उजुरी फछ्र्यौट भएका छन् । ५ वर्षसम्म न्यायिक समितिका ५० वटा बैठक बसेको समितिले जनाएको छ । 

९४ वटा उजुरी माथि समितिमै मिलापत्र भएको थियो भने २८ वटा मुद्दामा मेलमिलाप हुन नसकि जिल्ला अदालतमा सिफारिस गरिएको थियो । ४ वटा उजुरी छलफलको क्रममा रहेका छन् भने कारवाही नभएका उजुरी संख्या ९ रहेको ५ वर्षे प्रगतिमा उल्लेख गरिएको छ । त्यस्तै पञ्चवर्षिय प्रगति प्रतिवेदन नामक पुस्तिका पनि वितरण गरिएको छ । गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक राजकुमारी रेउले खड्काको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्ष, वडा सदस्य, कर्मचारी, शिक्षक, बुद्धिजीविका साथै गाउँपालिकका १० ओटै वडाका मेलमिलापकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन गाउँपालिकाका सूचना अधिकारी सुरेन्द्र खत्रीले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update