Kakhara सबैको खबर सम्पूर्ण खबर
१२ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डका लागि रुकुम पश्चिमका ७ खेलाडी छनौट 
राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डका लागि छनाैट भएका तेक्वान्दाे र भलिबलका खेलाडी ।

भाेलीबाट काठमाडौंमा सुरु हुने १२ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा रुकुम पश्चिमका ७ जना खेलाडीले भाग लिदै छन् । कर्णाली प्रदेश स्तरीय शिल्डबाट छनौट हुँदै विभिन्न विधामा ७ जना खेलाडीले राष्ट्रिय शिल्ड खेल्न लागेका हुन् । भलिबल र तेक्वान्दोमा ३/३ जना र एथ्लेटिक्स अन्तरगत हाईजम्पमा १ गरी ७ जना खेलाडीले राष्ट्रिय शिल्डका लागि कर्णालीबाट प्रतिनिधित्व गर्दै छन् । तेक्वान्दोमा शोभा थापा, हरि विक र नविन विक छनौट भएका छन् । शोभा प्रदेश प्रथम हुँदै राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डका लागि छनौट हुनुभएको हो भने हरि र नविन द्धितिय हुनुभएको हो । 

भलिबल तर्फ पहल गहतराज, विपना ओली र सर्मिला परियार छनौट हुँदा हाईजम्प तर्फ मपसा रशाईलीले प्रतिस्पर्धा गर्न लागेको जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमका सदस्य धनमाया बोहराले जानकारी दिनुभयो । हाइजम्पका लागि छनौट भएकी मपसा प्रदेश प्रथम भएको उहाँले बताउनुभयो । छनौट भएकाहरुले कर्णाली प्रदेशका तर्फबाट भाेलीदेखि काठमाडौंमा सुरु हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा प्रतिस्पर्धा गर्ने छन् ।
 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update