Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबीसकोट पनि पूर्ण खोप सुनिश्चित घाेषणा
नगर प्रमुख रवि केसी र उपप्रमुख धनकुमारी शाहीलाई पूर्ण खोप सुनिश्चिताको प्रमाणपत्र प्रदान गर्दै जिल्ला अस्पतालका डाक्टरहरु ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका पनि पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । स्वास्थ्य सेवा कार्यालयले नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा भएको प्रमाण–पत्र दिएको छ । १६ देखि २३ महिना उमेर समुहका सबै बालबालिकाले पाउनुपर्ने खोपको सबै मात्रा पाएपछि आठबीसकोटलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । 

नगरपालिकालाई आईतबार एक कार्यक्रमका विच घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाईजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार नगरभरमा रहेका कुल ६ सय ५२ जना बालबालिकाले सबै प्रकारका खोपको पूर्ण मात्रा पाएका छन् । छुटेका ६५ जना बालबालिकालाई बैशाख महिना भरीमा खोजेर खोप लगाईएको उहाँले बताउनुभयो । 

अन्य बालबालिकाहरुले पनि सबै खोपको मात्रा पाउने सुनिश्चित भएपछि आठबीसकोटलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको उहाँको भनाई छ । आठबीसकोट पूर्ण खोप सुनिश्चित घोषणा हुने जिल्लाको दोस्रो स्थानीय तह बनेको छ । पालिकाहरुले घोषणाका लागि तयार रहेको बताएपछि जिल्ला स्तरीय टोलीले जिल्लाका सबै पालिकाहरुको अवस्था बारे अनुगमण गरेको थिया । 

अनुगमण टोलीले पनि घोषणाका लागि उपयुक्त रहेको प्रतिवेदन दिएपछि जिल्ला खोप समन्वय समितिले पालिकाहरुलाई घोषणाका लागि अनुमति दिएको थियो । त्यसपश्चात जिल्लाका पालिकाहरु पूर्ण खोप सुनिश्चित घोषणा थालेका छन् । शनिबार मात्र जिल्लाको त्रिवेणी गाउँपालिकालाई घोषणा गरिएको थियो । सबै पालिकाहरु घोषणा भएपछि जिल्लालाई घोषणा गरिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update