Kakhara सबैको खबर सम्पूर्ण खबर
अंशबण्डाकाे विवादमा देवरले भाउजु माथि खुकुरी प्रहार गरे 
भाउजुलाई खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका खड्का । फोटोः जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम ।

रुकुम पश्चिममा भाउजुमाथि खकुरी प्रहार गर्ने देवरलाई प्रहरीले पक्रया गरेको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ रुँघाका ३६ वर्षिय देउकुमार खड्कालाई प्रहरीले पक्राउ गरेको हो । खड्काले गयराती साढे ८ बजेको समयमा खड्काले भाउजु ३७ वर्षिय दिलसरा बोहरा खड्कालाई खकुरी प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिलसराको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेलाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाईएको छ । 

उहाँको टाउको र हातमा गहिरो चोट लगोको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो । जग्गा अंशबण्डाको बिषयमा विवाद उत्पन्न हुँदा देवरले भाउजुमाथि खकुरी प्रहार गरेको स्थानीय जानकारी गराएपछि घटनास्थलमा प्रहरी पठाईएको डिएसपी सोतीले बताउनुभयो । प्रहरी चौकी सिम्रुतु र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खड्कालाई पक्राउ गरेको उहाँको भनाई छ । खड्कामाथि जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update