रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका पनि पूर्ण खोप सुनिश्चित घोषणा भएको छ । बालबालिकाले पाउनुपर्ने सबै खोप पाएपछि गाउँपालिकालाई आज औपचारिक रुपमा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । स्वास्थ्य सेवा कार्यालयले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र समेत प्रदान गरेको छ । गाउँपालिकामा रहेका १६ देखि २३ महिना उमेरका सबै बालबालिकाले खोपको पूर्ण मात्रा पाएका छन् । गाउँपालिकामा यो उमेर समुहका बालबालिकाको संख्या ३ सय ३९ रहेको छ ।
त्यस्तै जन्मेदेखि १५ महिना उमेर समुहका ४ सय ८९ बालबालिकाले पनि आफ्नो उमेर अनुसार खोपको सबै मात्रा पाईरहेको गाउँपालिकाका स्वास्थ्य सह–संयोजक सुनिल केसीले जानकारी दिनुभयो । घोषणा कार्यक्रमका सहभागिहरुले पूर्ण खोप सुनिश्चितलाई सफल बनाउने प्रतिवद्धता जनाएका छन् । गाउँपालिका अध्यक्ष तथा गाउँ खोप समन्वय समितिका संयोजक जनककुमार बाँठाको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बिष्णुबहादुर बुढाथोकीको प्रमुख विष्णुबहादुर बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख जानकी मल्लले गर्नुभएको थियो ।