Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रतिक्षालयमा पुस्तक !
जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको पुस्तकालय ।

जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व आफै साँघुरोमा अटेको छ । भौतिक संरचना अभावमा जेलिएको यो कार्यालय सेवाग्राहीलाई सजिलो बनाउनतर्फ भने निरन्तर लागिरहेको छ । दैनिक कार्य सम्पादनका अलावा जिल्ला प्रशासन कार्यालयमा अरु सृजनात्मक कार्यहरु पनि भइरहेका छन् । यस मध्यको एउटा कार्य हो । पुस्तकालय स्थापना ।

सेवाग्राही आफ्नो काम हुँदा सम्म आराम गर्ने ठाउँमा प्रशासन कार्यालले पुस्तकालय स्थापना गरेको छ । ‘सेवाग्राही प्रतिक्षालयमा खुला रुपमा पुस्ताकालय बनाइएको छ,’ प्रमुख जिल्ला अधिकारी राजकुमार राईले भन्नुभयो, ‘यत्तिकै बस्नुपर्ने समय सदुपयोग होस् भनेर पुस्तकालय सञ्चालनमा ल्याइएको हो ।’ सेवाग्राहीको काम भइरहुञ्जेल थोरै भएपनि ज्ञान आर्जन होस् भन्ने उद्देश्यले पुस्तकालय स्थापना गरिएको प्रजिअ राईले बताउनुभयो । प्रतिक्षा गर्नुपर्ने तर आत्तिनुपर्ने नहोस् र सकेसम्म आफूले चाहेक पुस्तक सेवग्राहीले पढोस् भनेर यो काम गरिएको उहाँको भनाई छ । 

माघ २५ देखि सुरु भएको पुस्तकालयमा चासो राख्नेहरु बढेका छन् । पढ्नेहरु पनि बढ्दै गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पुस्ताकालयमा ३ सय ३२ पुस्तक छन् । पुस्तक थपिन क्रम जारी छ । सुरुको चरणमा प्रशासन कार्यालय आफै यि पुस्तक खरिद गरेको थियो । अब भने पुस्तकालयमा थप सामग्री सहयोग गर्नेहरु थपिने भएका हुन् । पुस्तकालयमा पुस्तक सहयोग गर्ने व्यक्तिहरु सम्पर्कमा आएका छन् ।

साहित्य, विज्ञान, इतिहास, राजनीति, स्वास्थ्य, ऐन, नियम तथा कानूनन, जीवन दर्शन, स्वास्थ्य, कृषि, वन वातारण लगायत विषयका पुस्तक तथा पत्र पत्रिका राखिएको छ । रुकुमकोट उद्योग वाणिज्य संघका सचिव केवेन्द्र गौतमले जिल्ला प्रशासनले सृजनशिल कार्य थालनी गरेको बताउनुभयो । यसले पढ्ने बानिको विकास गर्ने तथा सेवाग्राहीको खाली समयको सदुपयोग हुने सचिव गौतमको भनाई छ ।

 

प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update