Kakhara सबैको खबर सम्पूर्ण खबर
छिन्खेतमा विशेषज्ञ स्वास्थ्य शिविर सुरु 
शिवरमा सेवा लिन पुगेकाहरू ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ छिन्खेतमा एकीकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको थियो । स्वास्थ्य सेवा कार्यालयको आयोजनामा २ दिने शिविर सुरु भएको हो । शिविरमा आज पहिलो दिन १ सय ७ जनाले सेवा लिएका छन् । जसमध्येमा ३ जना महिलाले गर्भ जाँच गराएका छन् भने १ सय ४ जनाले ओपिडि सेवा लिएका छन् । जसमा ७ जनाले सुगरको जाँच गराएकामा १ जनामा सुगरको समस्या देखिएको छ । त्यस्तै २५ जनाले मोटोपनाको जाँच गराएकामा ५ जनामा समस्या देखिएको स्वास्थ्य सेवा कार्यालयका सिनियर अहेव अमर थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार १५ जनाले प्रेसरको जाँच गराएकामा ३ जनामा समस्या देखिएको छ । शिविरमा गर्भजाँच, सुगर, प्रेसर, मोटोपना जाँच हुनुका साथै अन्य विभिन्न स्वास्थ्य सेवाहरु प्रवाह भइरहेको थापाले बताउनुभयो । शिविरमा जिल्ला अस्पतालका डाक्टर केहलविक्रम जिसीको नेतृत्वमा ५ जना डाक्टर सहित ११ जनाको स्वास्थ्यकर्मीको टोली खटिएको छ । शिविरमा निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बिष्णुबहादुर बुढाथोकी पनि खटिनुभएको छ । शिविर भोलीसम्म जारी रहने छ । शिविरबाट सेवा लिन स्वास्थ्य सेवा कार्यालयले बाँफिकोट गाउँपालिकावासीलाई अनुरोध गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  २०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update