Kakhara सबैको खबर सम्पूर्ण खबर
सिमलको रुख ढलेर विद्यालयमा भवनमा क्षेति 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ को भेडाखर्कमा अवस्थित वालकल्याण आधारभूत विद्यालयमा क्षेति पुगेको छ । लगातारको वर्षाका कारण विद्यालय नजिकैको सिमलको रुख ढलेर विद्यालय भवनमा पर्दा क्षेति पुगेको हो । विद्यालयको ४ कोठे भवनमा क्षेति पुगेको विद्यालय व्यवस्थापन समितिका अध्यष अनिता ओलीले जानकारी दिनुभयो । हिजो बेलुकी ६ बजेको समयमा रुख ढलेको हो । रुखले एउटा कोठामा भत्काएको विव्यस अध्यक्ष ओलीले बताउनुभयो ।

थप के कति क्षेति भयो भन्ने बारेमा हेर्ने काम भइरहेको उहाँको भनाई छ । त्यस्तै वेतखोले खोलामा आएको बाढीले पुल भाँचिदा समस्या भएको छ । स्थानीयलाई घाँस दाउरा गर्न तथा अन्य कामका लागि आवत जावत गर्न समस्या भएको ओलीले बताउनुभयो । उहाँका अनुसार अहिले स्थानीय जोखिम मोलेर खोलावारपार गर्न बाध्य भएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update