Kakhara सबैको खबर सम्पूर्ण खबर
जंगली च्याउ खाँदा एकै घरका पाँच जना विरामी 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ७  नदुवाका एकै घरका ५ जना जंगली च्याउ खाएर विरामी भएका छन् । मंगलबार जंगलबाट लिएको च्याउ खाँदा एकै घरका ५ जना विरामी भएका हुन् ।

विरामी हुनेमा  ३६ वर्षीय आसीराम खत्री, उहाँकी ३१ वर्षीया श्रीमती कुमारी खत्री, छोरा ६ वर्षिय शेरबहादुर, ३ वर्षीया छोरी धनमाया, र १४ वर्षीय भान्जा निमबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

विरामीलाई बुधबार विहान उपचारको लागि जिल्ला अस्पताल सल्ले  ल्याएको हो । पाँचै जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी नावय उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो । उहाँका अनुसार पाँचै जना विरामीको अवस्था सुधारोन्मुुख रहेको छ । 

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update