रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ मा ५ विपन्न घर परिवारलाई नि:शुल्क प्लाष्स्टिक वितरण गरिएको छ । वडा कार्यालयले वर्षामा विपन्न घर परिवारको खरको छानाबाट पानी चुहिने समस्या भएकाले आर्थिक रुपमा विपन्न ५ घर परिवारलाई प्लास्टिक वितरण गरेको हो ।
वडाका १३ विपन्न घर परिवार मध्ये ५ घरपरिवारलाई प्लास्टिक वितरण गरिएको र अरु बाँकि ८ विपन्न घर परिवारलाई पनि केही दिन भित्र वितरण गर्ने वडा अध्यक्ष खलबहादुर खड्काले जानकारी दिनुभयाे । उहाँका अनुसार प्रत्येक विपन्न घर परिवारलाई ६ हजार ५ सय रकमको पलास्टिक वितरण गरिएको छ ।
पहिलाे चरणमा शसि रोका, कृतिबहादुर खड्का, भरत कलेल, लोकबहादुर कलेल र महाविर रोकालाई वडा अध्यक्ष खड्काले घरमै पुगेर प्लाष्टिक वितरण गर्नुभएको हो । वर्षायाम सकिए पछि भने वडामा भएका सबै विपन्न घर परिवारका खरका छाना हटाइने याेजना बनाइएकाे छ । यही आर्थिक वर्षमा जस्तापाता वितरणको लागि नगरपालिकाले बजेट छुट्याई सकेकाले वर्षायाम सकिने वित्तिकै काम गरिने वडा अध्यक्ष खड्काले बताउनुभयो ।