Kakhara सबैको खबर सम्पूर्ण खबर
अल्सर पीडित कामीलाई युवाहरुकाे सहयाेग 
अल्सर पीडित कामीलाइ सहयाेग रकम हस्तान्तरण गर्दै युवाहरूकाे टाेली ।

रुकुम पूर्वकाे सिस्ने गाउँपालिका ५ की अल्सर पीडित मनसभा कामीलाई युवाहरुले आर्थिक सहयोग गरेका छन । लामो समय देखि अल्सर रोगबाट पीडित  कामीलाई १९ हजार पाचँ सय रुपैयाँ सहयोग गरिएको छ । रुकुमकोटका युवाहरुले नगद संकलन गरि पीडितलाई राहत स्वरुप नगद सहयोग गरेका हुन ।आर्थिक अवस्था निकै कमजोर भएकी कामीलाई उपचारमा केही सहयोग पुगोस भन्ने उद्देश्यले नगद सहयोग गरिएको राहत वितरण टोलीका संयोजक विकास बिसीले बताउनुयो ।

उहाँका अनुसार कामी बस्ने घरमै पुगेर नगद वितरण गरिएको हाे । कामीलाई केबेन्द्र गौतम र राजु रेग्मीले स्थापना गरेको विपदका लागि राहत कोषबाट सात हजार रुपैयाँ र युवाहरुकाे ९ हजार रुपैया गरि १६ हजार नगद सहयोग गरिएको छ । यस्तै कामीको उपचार सहयोगार्थ राहत वितरण टोलिका संयोजक बिसीले तीन हजार पाचँ सय बराबरको स्वास्थ्य बीमा गरि दिनुभएको छ ।

राहत वितरण गर्न पुगेका युवाहरु प्रकाश कार्की, कविन्द्र कल्याण गौतम, राजु रेग्मी, केबेन्द्र गौतम, मदन बिसी, जितेन्द बुढाथोकी, श्रीकुमार बुढाथोकी, विरबहादुर केसी र गणेश ओलीले व्यक्तिगत रुपमा एक/एक हजार सहयोग गरेका छन । साथै संयोजक बिसीले अल्सर पिडित कामीका परिवारले कृषि विकास बैंकबाट ल्याएको ९५ हजार ऋण पछि फिर्ता गर्ने गरि तिरिदिने प्रतिबद्धता समेत जनाउनु  भएको छ ।

बैंकले ब्याज भने मिनाह गरिदिएकाे छ । घरमै पुगेर राहत वितरण गर्ने युवाको टोलिलाइ कामीले खुसी हुँदै धन्यवाद दिनुभएको छ । ५ नम्बर वडाको थाक्नामा बस्दै आएकी कामी लामाे समय देखि अल्सर राेगबाट ग्रसित हुनुहुन्छ ।

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update