Kakhara सबैको खबर सम्पूर्ण खबर
ढाँरेगैरामा बैकल्पिक सडक

राप्ती लोकमार्ग अन्तर्गत झुल्नेटा–खौला खण्डको ढाँरे गैरामा बैकल्पिक सडक बनाइएको छ । पूरानो सडक हिलाम्य भएको र यातायात सञ्चालनमा असजिलो भएपछि त्यो भन्दा माथिबाट अर्को सडक सुचारु गरिएको हो । चौरजहारी सडक डिभिजन कार्यालयको आग्रहमा यति विल्डर्सले उक्त सडक निर्माण गरेर सडक खुलाएको हो ।

त्रिवेणी गाउँपालिकाको ३ र ६ नम्बर वडाको ढाँरेगैरा स्थित २ सय ५० मिटर लामो बैकल्पिक सडक निर्माण गरेर सवारी सञ्चालनमा ल्याइएको हो । चौरजहारी सडक डिभिजन कार्यालयको आग्रहमा सडक निर्माणमा सघाएको यति विल्डर्सका प्रबन्धक भिमराज केसीले जानकारी दिनुभयो ।

वर्षा लागे लगत्तै सडकमा यातायात सञ्चालन हुन समस्या भएको थियो । त्यसपछि बैकल्पिक सडक बनाइएको हो । बैकल्पिक सडकमा पनि हिलो भने बढ्दै गएको छ । माटो मात्रै भएको सडकका कारण पनि समस्या बढ्दै गएको बताइएको छ । यो सडक बनेदेखि नै यहाँ हिउँद र वर्षामा ठूलो समस्या हुँदै आएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update