Kakhara सबैको खबर सम्पूर्ण खबर
साउन ७ गतेदेखि रुकुमकोट बस पार्क सञ्चालनमा आउने
बस पार्कको अनुगमन गर्दै सिस्ने गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायत ।

रुकुम पूर्व सिस्ने गाउँपालिका रुकुमकोटमा रहेको बस पार्क सञ्चालनको तयारी गरिएको छ । सिस्ने गाउँपालिकाले बस पार्क सञ्चालनका लागि पहल गरिरहेको हो । बस पार्क सञ्चालनको सम्भाव्यता अध्ययन, तथा सरसफाईको काम समेत भइसकेको छ ।

बस पार्क निर्माण भएको लामो समय भइसक्दा पनि सञ्चालनमा नआएको भन्दै गुनासो बढेको थियो । बजारमा जथाभावी पार्किङ गरेको तर बस पार्क प्रयोगविहीन भएको भन्दै सर्वसाधारणले पटक पटक गुनासो गरेको थिए । बजार व्यवस्थित गर्ने, पार्किङ पनि व्यवस्थित होस् भनेर सिस्ने गाउँपालिकाले यसको व्यवस्थापनमा लागेको हो ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले साउन ७ गतेदेखि नै बस पार्क सञ्चालनमा आउने गरी तयारी गरिएको बताउनुभयो । बस पार्कमा खानेपानी, विजुली, सडक मर्मत र रुट क्लियर गरिएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

यातायात व्यवसायी र कर्मचारीसित समेत छलफल भइसकेको र बस पार्क सञ्चालनमा आउने अध्यक्ष रेग्मीले बताउनुभयो । बजारमा पार्किङ गरेको पाइए ट्राफिक ऐन अनुसार कारबाही गर्ने र त्यसका लागि सबैले सहयोग गर्ने प्रतिबद्धता समेत गरेको अध्यक्ष रेग्मीले बताउनुभयो । 
 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update