Kakhara सबैको खबर सम्पूर्ण खबर
क्यान्सर पीडित गौरबको उपचारमा सहयोग जुट्दै
सहयोग संकलन भएको १ लाख ५७ हजार गौरबका बुवालाई हस्तान्तरण गर्दै पत्रकार ओली ।

क्यान्सर पीडित युवा गौरब विकको उपचारमा सहयोग जुट्दै गएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३, पेदीका १८ वर्षीय विकको घाँटीमा क्यान्सर भएको छ । उनको हाल भारतमा उपचार भइरहेको छ । घरायसी आर्थिक अवस्था कमजोर भएका कारण विकको परिवारले सहयोगको अपिल गरेपछि स्वःत स्फूर्त सहयोग जुट्ने क्रम जारी छ । सहयोग संकलनको अगुवाई पत्रकार नारायण ओलीले गरिरहनु भएको छ ।

उहाँकै अगुवाईमा हालसम्म झण्डै दुई लाख रुपैयाँ संकलन भएको छ । जसमध्यको १ लाख ५७ हजार रुपैयाँ विकको बुवा विरसिङ विकलाई बुझाई सकेको र बाँकी रकम बुझाउने तयारीमा रहेको ओलीले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएको र सहयोग संकलन गर्न आग्रह गरेपछि सहयोग संकलन अभियान थालिएको ओलीले बताउनुभयो । ओली सामाजिक सञ्जाल फेसबुक मार्फत नै सहयोग संकलन जारी राख्नुभएको छ । 

विरामी विकका बुवा विरसिङले पनि छोराको उपचारमा सहयोग गर्न आग्रह गर्नुभएको छ । उपचार भइरहेकाले कति रकम खर्च हुने हो भनेर एकीन भएको उहाँले बताउनुभयो । सक्नेले सक्ने जति रकम सहयोग गरिदिन उहाँले अनुरोध गर्नुभएको छ । हालसम्म प्राप्त सहयोगले उपचारमा ठूलो सहयोग पुगेको उहाँले बताउनुभयो । 
 

प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update