Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा सवारी दुर्घटनामा एक वर्षमा १३ जनाको मृत्यु  

रुकुम पश्चिममा १ वर्षमा १३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । वितेको आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला भरमा कुल ४७ वटा सवारी दुर्घटना भएका थिए । जसमा १३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा १ सय १८ जना घाईते भएका छन् । ५ ट्याक्टर र ५ जीप दुर्घटना हुँदा ५/५ जनाको मृत्यु भएको थियो । एउटा वस, एउटा ट्रक, एउटा मोटरसाईकल दुर्घटनामा १/१ जनाको मृत्यु भएको बताईएको छ ।

त्यस्तै बस दुर्घटनामा ५७ जना, ट्रकमा ८ जना, ट्याक्टरमा ४ जना, जीपमा ११ जना र मोटरसाईकलमा ३७ जना घाईते भएका छन् ।  आर्थिक वर्ष २०७७/०७८ मा पनि सवारी दुर्घटनामा परी १३ जनाकै मृत्यु भएको थियो । उक्त वर्ष ३४ वटा सवारी साधन दुर्घटनामा परेका थिए । सवारी दुर्घटना बढेपनि मृत्यु भने स्थिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बढ्दो सवारी चाप तथा साँघुरो सडकका कारण सवारी दुर्घटना बढ्दो क्रममा रहेको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update