Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट तरुण दलका अध्यक्ष शाहीले पालिकाका प्राविधिक कुटे
तरुण दलका बाँफिकोट गाउँपालिका अध्यक्ष राजु शाही ।

नेपाली कांग्रेस निकट युवा संगठन नेपाल तरुण दल बाँफिकोट गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष राजु शाहीले बाँफिकोट गाउँपालिकाका प्राविधिकमाथी कुटपिट गरेका छन् । कार्यालय समयमा, कार्यकक्षमै सव इन्जिनियर दिपक शाहमाथी उनले कुटपिट गरेका हुन् ।

गाउँपालिका अध्यक्ष जनकुमार बाँठा मगरकै अघि शाहीले शाहमाथी कुटपिट गरेका थिए । प्राविधिकमाथी कुटपिट हुँदा पनि अध्यक्ष बाँठा मुखदर्शक बनेको भन्दै कर्मचारी आक्रोशित बनेका छन् । कर्मचारीमाथी कुटपिट गर्ने शाहीलाई इलाका प्रहरी कार्यालय बाँफिकोटले नियन्त्रणमा लिएको छ ।

उनलाई थप कारबाहीका लागि जिल्ला पठाउने तयारी भइरहेको बताइएको छ । आफूमाथी कुटपिट भएपछि पीडित शाहले कारबाहीका लागि निवेदन दिएका छन् । आफू गरेको कामको मूल्याकन नगरिदिएको भन्दै प्राविधिक शाहमाथी शाहीले कुटपिट गरेको अरु कर्मचारीले बताएका छन् । 

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update