Kakhara सबैको खबर सम्पूर्ण खबर
एमाले रुकुम पश्चिमका अध्यक्षलाई पत्नी शोक

नेकपा एमाले रुकुम पश्चिमका अध्यक्ष नन्दराम देवकोटालाई पत्नी शोक परेको छ । अध्यक्ष देवकोटाकी श्रीमती रमाकुमारी देवकोटाको मृत्यु भएको छ । नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचारकै क्रममा ५० वर्षीया देवकोटाको आज मृत्यु भएको हो । उहाँ केही महिनादेखि शरीर सुन्निने समस्याले ग्रसित हुनुहुन्थ्यो ।

केही दिन अघि मात्रै उहाँलाई उपचारका लागि नेपालगञ्ज लगिएको थियो । सोही रोग उपचारका क्रममा यस अघि काठमाण्डौं पनि लगिएको थियो । काठमाण्डौं सञ्चो नभइ नेपालगञ्जमा थप उपचार थालिएको र स्वास्थ्य अवस्थामा केही सुधार पनि देखिएको थियो । तर एक्कासी उहाँको मृत्यु भएको पारीवारीक स्रोतले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update