Kakhara सबैको खबर सम्पूर्ण खबर
साउन मसान्तभित्र व्यवसाय दर्ता तथा नवीकरण गर्न त्रिवेणी गाउँपालिकाको अनुरोध 
त्रिवेणी गाउँपालिकाले जारी गरेको सूचना ।

रुकुम पश्चिमको  त्रिवेणी गाउँपालिकाले पालिकाभित्र विभिन्न वडामा सञ्चालनमा रहेका सम्पूर्ण व्यवसायहरु दर्ता तथा  नवीकरण गर्न अनुरोध गरेको छ । बुधबार गाउँपालिकाले एक  सूचना जारी गर्दैै  उद्योग, फर्म सरकारी संस्था, अटो रिक्सा र 'घ' वर्गका निर्माण व्यवसायीहरुले साउन मसान्तभित्र आफ्नो व्यवयाय दर्ता तथा  नवीकरण गर्न अनुरोध गरेको हो ।

आफ्नो व्यवसाय दर्ता  तथा नवीकरण गाउँपालिकाको कार्यालय र सम्बन्धित वडा कार्यालयमा गई गर्न सकिने छ । व्यवसाय दर्ता तथा नवीकरण साउन मसान्तसम्म  नगरेमा नियम अनुसार जरिवाना हुने प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले निकालेको सूचनामा उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update