Kakhara सबैको खबर सम्पूर्ण खबर
सहिद परिवार समाज बाँफिकोट २ को बैठक बस्यो

जनयुद्धका महान सहिद परिवार बाँफिकोट गाउँपालिका २ नम्बर समितिको बैठक सम्पन्न भएको छ । २ नम्बर वडाको मेलगैरी सहिद स्मृति पार्कमा बैठक सम्पन्न भएको हो । बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षमा दिएको सहिद परिवार, घाइते, अपांगको जीवन निर्वाह भत्ता कटौती गरेकामा आपत्ति जनाएको छ ।

बैठकले मुख्य मन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माको पालामा ल्याएको जीवन निर्वाह भत्ता कटौती गरिएकाप्रति गम्भिर आपत्ति प्रकट गरेको छ । जीवन निर्वाह भत्ताका लागि आवश्यक परे संघर्ष गर्न परेपनि तयार रहने समेत निर्णय गरेको समाजका सचिव नविन गौतमले जानकारी दिनुभयो । बैठकले मेलगैरीको घर संरक्षणका लागि त्रिपालले छोप्ने निर्णय समेत गरेको सचिव गौतमले जानकारी दिनुभयो ।

समाजका अध्यक्ष कर्णबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकमा माओवादीका कर्णाली प्रदेश सदस्य मनबहादुर वादी, कलबहादुर नाथ, सहिद परिवार समाज बाँफिकोटका अध्यक्ष धनबहादुर खत्री, माओवादी केन्द्रका वडा अध्यक्ष नलबहादुर परियार र वडा सचिव लालबहादुर केसीको आतिथ्यता रहेको थियो ।  
 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update