Kakhara सबैको खबर सम्पूर्ण खबर
ढुंगा खसिरहन थालेपछि गाउँपालिकाबाट स्थलगत अनुगमन
ढुंगाले क्षेती पुर्याएको ट्यांकी अनुगमन गर्दै गाउँपालिका लगायतको टोली ।

पटक पटक ढुंगा झरेर वस्तिमै पस्न थालेपछि सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी लगायतको टोलीले स्थगलत अनुगमन गरेको छ । ३ नम्बर वडाको पोखरामा माथिबाट आएको ढुंगाका कारण भएको क्षेती अवलोकन, मूल्याकन गर्ने र स्थानीयको गुनासा सुन्न अध्यक्ष लगायतको टोली पोखरा पुगेको हो । वडा कार्यालय, खानेपानीको ट्यांकीमा पुगेको क्षेतीबारे उक्त टोलीले अनुगमन गरेको छ ।

सिस्ने गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, खानेपानी डिभिजन कार्यालय रुकुम पूर्वले सयुंक्त रुपमा पोखराको अनुगमन गरेका हुन् । केही दिन अघि आएको ढुंगाले वडा कार्यालयमा क्षेती पुगेको थियो । बुधबार दिउँसो आएको अर्को ढुंगाले खानेपानीको ट्यांकी पूर्ण रुपमा क्षेती पुगेको छ । खानेपानी ट्याङ्की, वडा कार्यालयको भवन लगायतका संरचनामा पुर्याएको क्षती  र त्यसको रोकथाम कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले अनुगमन गरिएको गाउँपालिका ईन्जिनियर कर्णबहादुर केसीले बताउनुभयो ।  

त्यहाँको स्थलगत अनुगमन पश्चात पहिरो र पहिरो जन्य प्रकोपको उच्च जोखिममा रहेको बस्ती र त्यहाँ स्थित सम्पुर्ण सरकारी संरचनाहरुलाई क्षति हुनबाट बचाउँन तत्कालिन र दिर्घकालिन उपायहरुका बारेमा छलफल समेत गरिएको ईन्जिनियर केसीले बताउनुभयो ।  छफलका क्रममा  खानेपानीको ट्याङ्की तत्कालै मर्मत गर्ने प्रतिबद्धता अध्यक्ष रेग्मीले गर्नुभएको छ ।  अरु संरचनाको संरक्षणका लागि गाउँपालिकाको समन्वयमा विज्ञ टोली बनाई विस्तृत योजना बनाएर कार्यान्वयन गर्ने अध्यक्ष रेग्मीले बताउनुभयो । यसैगरी ढुंगा आइरहे स्वास्थ्य चौकी सहित जनता माविको साथै गाउँ नै जोखिममा रहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update