Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा पहिलो पटक देखियो धानमा काँडेदार खपटे किरा, चौरजहारीका ३ वडामा क्षेति 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका विभिन्न वडामा काँडेदार खपटे किराको प्रकोप देखिएको छ । एक साता देखि खपटे किराले धान बाली चौपट बनाईरहेको कृषकहरुको भनाई छ । वडा नम्बर ११, १२ र १३ नम्बर वडामा खपटे किराको प्रकोप देखिएको हो । कृषि विकास कार्यालयका अनुसार जिल्लामा पहिलो पटक काँडेदार खपटे किराको प्रकोप देखिएको हो । कृषि विकास कार्यालयका अर्गानिक मिसन अधिकृत विजय ओलीका अनुसार यसअघि जिल्लामा यस किराको जोखिम थिएन् । जिल्ला बाहिरबाट ल्याईएको धानको वीउबाट किरा भित्रिएको अनुमान गरिएको छ । 

नगरपालिकाले कृषकहरुलाई साँवा मन्सुली नामक धानको वीउ वितरण गरेको र धान वीउ संगै यो किराको अण्डा पनि आएको हुनसक्ने अनुमान गरिएको ओलीको भनाई छ । करिब ३० हेक्टर क्षेत्रफलमा रोपिएको धानमा खपटे किराले क्षेति गरिरहेको छ । यो किराले दुई प्रकारले क्षेति गर्ने बताईएको छ ।अर्गानिक मिसन अधिकृत ओलीले बताए अनुसार यो किराले वच्चा अवस्थामा धानको कलिलो पातबाट सुरुङ बनाएर क्षेति गर्दै फेदसम्म पुग्छ भने वयस्क किराले पातबाट बाहिरी भाग खाँदै फेदसम्म पुग्छ । वच्चा किराले ८–१० दिनसम्म क्षेति गर्ने गर्छ भने वयस्कले १५–१६ दिनसम्म क्षेति गर्छ । 

त्यसपछि उक्त किराले धानको पातको टुप्पामा मुनितिर अण्डा पार्ने र र त्यसबाट भएको वच्चाले पुन पातको टुप्पबाट सुरुङ बनाएर क्षेति गर्न सुरु गर्ने ओलीले बताउनुभयो । यो चक्रमा खपटे किराले धानबालीमा क्षेति गरिरहेको उहाँको भनाई छ । सयौंको संख्यामा खपटे किरा रहेको र दिउँशो समयमा खेत वरीपरिको घाँसमा लुकेर वस्ने तथा साँझको बेला धानमा क्षेति गर्ने गरेको बताईएको छ । यो किराको नियन्त्रणको प्रयास भइरहेको कृषि विकास कार्यालयका प्रमुख मिनबहादुर केसीेले बताउनुभयो ।

पालिका कृषि शाखासंग मिलेर यो किराको नियन्त्रणका लागि विषाधी छर्ने लगायतका काम भइहरेको उहाँले बताउनुभयो । कृषकहरुलाई यो किरा मार्ने विषाधी प्रयोग गर्न भनेको र विषाधी समेत सिफारिस गरिएको केसीले बताउनुभयो । प्रभावित क्षेत्रका धान बारीको कृषि विकास कार्यालय र नगर कृषि शाखाका प्राविधिकहरुले अनगुमण मल्यांकन समेत गरेको उहाँले बताउनुभयो । किरा नियन्त्रणमा आईनसकेको तर किराको संख्या घट्दो क्रममा रहेको उहाँको भनाई छ ।  
 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update