रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा गत आर्थिक वर्ष २०७८/०७९ मा ७३ घरमा खरका छाना विस्थापित गरिएको छ । गाउँपालिका भित्र रहेका १० वटा वडामा उक्त आर्थिक वर्षमा ७३ घरमा खरका छाना विस्थापित गरिएको हो । अति विपन्न र आर्थिक अवस्था कमजोर भएका घरपरिवारको संख्या एकिन गरी पालिकाले सुरक्षीत नागरिक आवास निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले बताउनुभयो ।
उहाँका अनुसार जस्ता पाता वितरण गरिएका सबै घरपरिवारले खरका छाना हटाएर जस्ता पाताले घर निर्माण गरिसकेका छन् । गाउँपालिकामा सबै भन्दा बढि वडा नम्बर २ मा ९ घरमा खरका छाना विस्थापित गरी जस्तापाताले घर निर्माण गरिएको हो । त्यस्तै वडा नम्बर १,३,४,५,६,८,९,१० मा ७र७ घरमा जस्ताका पाताले घर निर्माण गरिएको छ । भने वडा नम्बर ७ मा ८ घरमा जस्ता पाताले घर निर्माण गरिएको छ ।
प्रत्येक घर निर्माण गर्न जस्तापाताको लागि पालिकाले संघीय ससर्त अनुदान अन्तर्गत ५० हजार रकम छुट्याएकोे थियो । जस अन्तरगत ७३ घर निर्माणको लागि ३६ लाख ५० हजार रकम खर्च भएको छ । अबको आर्थिक वर्ष २०७९र८० मा त्रिवेणी गाउँपालिकामा १ सय ६२ खरका छाना विस्थापित गरेर जस्तापाताले घर निर्माण गरिने प्रमुख प्रशासकीय अधिकृत घर्तीले जानकारी दिनुभयो ।