Kakhara सबैको खबर सम्पूर्ण खबर
सडेको अवस्थामा महिलाको शव भेटियो

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ निपानेमा एक महिलाको शव फेला परेको छ ।  अन्दाजी ३५/ ४० वर्षीया महिलाको शव सडेको अवस्थामा शुक्रबार साँझ  फेला परेको  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।  स्थानीयले प्रहरीलाई खबर गरेपछि शव भएको स्थानमा प्रहरी पुगेको थियो ।

उक्त स्थानमा पुग्दा ती महिलाको टाउकाको भाग सडेर अलग भएको प्रहरीले फेला पारेको थियो ।  महिलाको पहिचान भने नखुलेको प्रहरी प्रमुख नायव उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो ।  उहाँका अनुसार  महिलाको शव जिल्ला अस्पताल सल्लेमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सोतीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update