Kakhara सबैको खबर सम्पूर्ण खबर
सिम्रुतु क्याम्पसले ८ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्यो

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ मा रहेको सिम्रुतु क्याम्पसले ८ जना विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरेको छ । शैक्षिक शत्र २०७८ मा शिक्षाशास्त्र श‌काय बीएड दोस्रो वर्षमा भर्ना भई आवेदन पेश गरेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

 छात्रावृत्ती उपसमितिको साउन ६ गते बैठकको सिफारिस र २०७८ मङ्सिर २ गतेको सन्चालक समितिको निर्णय अनुसार क्याम्पसमा अध्यनरत विद्यार्थीलाई छात्रावृत्ती प्रदान गरिएको क्याम्पस प्रमुख सूर्यविक्रम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सिम्रुतु क्याम्पसमा  बीएड दोस्रो वर्षमा अध्ययनरत ४ जना छात्रा र ४ जना छात्रलाई छात्रवृत्ती प्रदान गरिएको छ । 

छात्रावृत्ती प्राप्त गर्नेमा कमल जिजं गिरी, रेडेन्स बढा, कल्पना पुन, ताराप्रसाद खड्का रहनुभएको छ । त्यस्तै रेजिना खड्का, सावित्रा खड्का, ताराकुमारी खड्का र मनिष सेर्पालीलाई  पनि क्याम्पसले छात्रवृत्ति प्रदान गरेको छ । क्याम्पसमा  अध्ययनरत  बीएड  दोस्रो वर्षका ८ जना  विद्यार्थीलाई ५० हजार रकमको छात्रवृत्ति प्रदान गरिएको हो ।  नियमित अध्ययनरत , दलित , द्धन्द पीडित र अपांग विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको क्याम्पस प्रमुख खड्काले बताउनुभयो ।
 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update