Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी नगरपालिकाले पनि पुरा गरेन राजश्वको लक्ष  

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले वितेको आर्थिक वर्ष २०७८/०७९ मा पौने २ करोड राजश्व संकलन गरेको छ । २ करोड ४० लाखको लक्ष लिएकामा नगरपालिकाले १ करोड ८० लाख रुपैंया मात्र उठाउन सकेको हो । चौरजहारीले वितेको वर्ष राजश्वको लक्ष पुरा गर्न सकेन् । लक्षको ७६ प्रतिशत मात्र राजश्व नगरपालिकाले संकलन गर्न सकेको हो ।

नगरपालिकाले नगर वसबाट ५२ लाख, भुमिकर २२ लाख, व्यवसाय रजिष्ट्रेसनबाट ११ लाख, ढुङगा, गिट्टीबाट २२ लाख, प्रशासनिक सेवाबाट १२ लाख, साना सवारी अटो लगायतबाट २ लाख ४० हजार राजश्व संकलन गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा भने राजश्वको लक्ष पुरा गरेको थियो । त्यस वर्ष नगरपालिकाले २ करोड २४ लाखको लक्ष लिएको थियो ।

यो वर्ष मालपोत करलाई राजश्व बाँडफाँट अन्तरगत राखेको र नगरबाट संचालन भएको डोजरको समेत राजश्व नउठाएकोले यो वर्ष राजश्व कम देखिएको नगरपालिकाले जनाएको छ ।    
 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update