रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले नगरपालिकाका विभिन्न ठाउँमा अव्यवस्थित रुपमा पार्किङ गरेका गाडिलाई हटाउन सुरु गरेको छ । बजार क्षेत्रका सडक तथा गल्लीमा साना तथा ठूला सवारी साधन जथाभावि पार्किङ गरेको पाईए पछि नगरपालिकाले सडक तथा गल्लीहरुमा पार्कीङ गरेका गाडी हटाउन सुरु गरेको हो ।
यसै विच आज नगर प्रहरीले बजारमा अव्यवस्थित रुपमा पार्किङ गरिएका सवारी साधनलाई सडक तथा गल्लीहरुबाट हटाउन निर्देशन दिएको छ । नगर प्रहरी सहायक निरीक्षक उमेश केसीको नेतृत्वमा खटिएको नगर प्रहरीको टोलीले नगरपालिकाका बजार क्षेत्रमा पार्किङ गरेका सवारी साधन हटाउन भनेको हो ।
उक्त टोलीले सेरीगाउँ,बवागबजार, त्रिबेणीचोक, पुष्पलालचोक, तल्लोवजार, पातुखोला लगायत ठाउँमा अव्यवस्थित रुपमा पार्किङ गरिएका ठूला तथा साना सवारी साधनलाई तत्काल पार्किङ तोकिएको ठाउँमा गर्न भनेको नगर प्रहरी सहायक निरीक्षक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार साना तथा मझौला खालका सवारीलाई सहिद मैदान र मोटरसाईकल सहिद गेट रबवाल मन्दिरमा पार्किङ गर्न भनिएको छ ।
आज ५ वटा ट्याक्टर, बोलेरो सिङगल क्याप गाडी ५ वटा, डबल क्याप गाडी ३ वटा, जेसिवी २ वटा सडकमा पार्किङ गरेको पाईएको छ । ति सवारी साधनलाई तोकीएको ठाउँमा पार्किङ गर्न र फेरी सडकमा पार्कीङ गरेको पाईएमा नगरपालिकाको फोहोर व्यवस्थापन ऐन २०७० बमोजिम कारवाही गरिने केसीले जानकारी दिनुभयो ।
मोटरसाईलको पार्किङ स्थल तोकीएको भए पनिबवागबजार र तल्लो बजारमा मोटर साईकल पनि जथाभावि पार्किङ गरेको पाईएको छ । त्यस्तै नगरपालिकाले आज जथाभावि पार्किङ गरेका सवारी साधनहरुलाई ७ दिन भित्र सवारी साधन धनीले उपयोक्त व्यवस्थापन गर्न पनि भनेको छ ।