रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा गत वर्ष डेढ करोड बजेट फ्रिज भएको छ । संघ तथा प्रदेशबाट आएको चालु तथा पुँजिगत तर्फको झण्डै डेढ करोड बजेट खर्च हुन नसकेर फिर्ता भएको नगरपालिकाले जनाएको छ । केही कार्यक्रममा बढी रकम प्राप्त भएको र केही साना साना कार्यक्रमहरु संचालन हुन नसक्दा बजेट फिर्ता भएको नगरपालिको भनाई छ । कोभिड प्रभावितका लागि आएको तथा आमा सुरक्षा कार्यक्रम लगायतका सशर्त तर्फको बजेट फिर्ता भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
सशर्त अन्तरगत अनुमानित बजेट आउने भएकोले कार्यक्रम भएर बचेको रकम फिर्ता भएको उहाँको भनाई छ । वितेको वर्ष नगरपालिकाले ७० करोड २१ लाख ६६ हजार बराबरको बजेट ल्याएको थियो । जसमा ९५ प्रतिशत वित्तिय प्रगति देखिएको छ । खर्च हुन बाँकी ५ प्रतिशत रकम मध्ये डेढ करोड बाहेकको बजेट भने यो वर्ष खर्च हुने नगरपालिकाले जनाएको छ । वितेको वर्ष नगरपालिकाले करिब साढे ३ करोड बजेट खर्च गर्न नसकेको हो । यसमध्य सामानिकरण तथा आन्तरिक राजश्व तर्फको रकम भने चालु आर्थिक वर्षमा अल्या बजेटका रुपमा खर्च हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो ।