Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट नगरपालिकाले १२ करोड बढी बजेट खर्च गर्न सकेन 
Musikot.jpg

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वितेको आर्थिक वर्ष २०७८/०७९ मा १२ करोड बढी बजेट खर्च गर्न असफल भएको छ । संघ तथा प्रदेशबाट विभिन्न शिर्षकमा प्राप्त भएको तथा आन्तरिक स्रोत सहितको सबै बजेट नगरपालिकाले खर्च गर्न सकेन् । नगरपालिकाले गत वर्षका लागि ९३ करोड ७१ लाख ५१ हजार २ सय ८२ रुपैंया बराबरको अनुमानित बजेट ल्याएको थियो । तर नगरपालिकालाई ९१ करोड ९६ लाख ७६ लाख ३६ हजार ७ सय १५ रुपैंया मात्र प्राप्त भएको थियो । सुरुमा आउने भनिएको तर पछि १ करोड ९५ लाख १४ हजार ५ सय ६६ रुपैंया आएको थिएन् । यसलाई न्युन बजेट भनिन्छ । 

न्युन बजेटलाई समेत नगरपालिकाले खर्च हुन नसकेको बजेटका रुपमा राखेको छ । तर प्राप्त भएर पनि खर्च हुन नसकेको बजेट भने १२ करोड १४ लाख १६ हजार ९ सय ३४ रुपैंया रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुनले जानकारी दिनुभयो । यो मध्यमा ६ करोड ६८ लाख १८ हजार ५ सय ७८ रुपैंया जताबाट आएको हो उतै फिर्ता भएको छ । संघ तथा प्रदेश सरकारबाट सशर्त लगायतका शिर्षकमा प्राप्त बजेट फ्रिज भएको हो । बाँकी ५ करोड ४५ लाख ९८ हजार ३ सय ५८ रुपैंया भने नगरपालिकाको सञ्चित कोषमा जम्मा भएको प्रमुख प्रशासकीय अधिकृत पुनले बताउनुभयो ।

यो वजेट चालु आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन गरिएको छ । अल्या बजेटका रुपमा यो बजेट खर्च हुने प्रमुख प्रशासकीय अधिकृत पुनको भनाई छ । समयमा अक्तियारी नआउनु, सम्झौता ढिलो हुनु, सम्झौता बमोजिमका काम नहुनु, कम विल उठ्नु लगायतका कारणले सबै बजेट खर्च हुन नसकेको उहाँले बताउनुभयो । नगरपालिकाले चालु आर्थिक वर्षका लागि ८६ करोड बराबरको बजेट ल्याएको छ ।  
 

प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update