Kakhara सबैको खबर सम्पूर्ण खबर
जोखिममा वस्ति स्थानीय त्रसित
पहिरोका कारण जोखिममा परेको वस्ति ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ७ गारा र वडा नम्बर ८  स्यालामा अविरल वर्षाका कारण आएको  पहिरोलाई हटाउन र थप क्षति हुन नदिन प्रयास भइरहेको छ ।  वडा नम्बर ७ को गारा र वडा नम्बर ८ को स्यालामा वडा अध्यक्ष अमृत बुढा सहित  नेपाल प्रहरीको टोलि  ब्याकुलोडर सहित पहिरो गएको स्थानमा थप क्षति हुन बाट रोक्न लागिरहेको आठबीसकोट नगरप्रमुख रवि केसीले जानकारी दिनुभयो ।

मंगलबार बिहान आएको पहिरोले वडा नम्बर ७ को गारामा धान, मकै खेती र वडा नम्बर ८ को स्यालामा  मकै  बारी बगाएको थियो  । सोमबार साझदेखि  निरन्तर परेको पानीले मकै लगाएको बारी सहित ४ बटा घर पनि पहिरोको उच्च जोखिममा परेका छन । वडा नम्बर ८ स्यालामा नाउलापानीको मुहान फुटेर  मकै बालिमा पुर्ण रुमा क्षेती भएको स्थानीय सुरेश बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार खड्क बुढा, महेन्द्रकुमार बोहरा, भिमबहादुर बुढा  र प्रबिर बुढाको मकै बारीमा पुर्ण रुपले क्षेती भएको छ । त्यस्तै खड्क बुढा, महेन्द्रकुमार बोहरा, भिमबहादुर बुढा र हरिबहादुर बुढाको घर पहिरोको उच्च जोखिमा छ ।

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update