आठबीसकोट नगर उपप्रमुख शाही नगर विकास कोषको सञ्चालक समिति सदस्यमा मनोनित
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका उप प्रमुख धनकुमारी शाही नगर विकास कोषको सन्चालक समिति सदस्यमा मनोनीत हुनुभएको छ । नेपाल सरकार मन्त्री परिषदको असार ३१ गतेको निर्णय अनुसार नगर उपप्रमुख शाहीलाई शहरी विकास मन्त्रालयले नगर विकास कोषको सन्चालक समितिको सदस्यमा मनोनित गरिएकाे हाे ।
१५ सदस्यीय सन्चालक समिति रहने व्यवस्था भएको नगर विकास कोषमा रुकुम पश्चिमबाट शाही मनोनीत हुनुभएको हो । नगर उपप्रमुख शाही नगर विकास कोषको सन्चालक समितिको सदस्य पदमा रहेर २ वर्ष काम गर्नुहुनेछ। उहाँ गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट आठबीसकोट नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९ १८:१२
प्रतिक्रिया दिनुहोस्