पछिल्ला दिनहरुमा देशभरमा कोरोना संक्रमितको संख्यामा पुनः वृद्धि भएको छ । दिनहुँ संक्रमितहरु थपिने क्रम जारी छ । रुकुम पश्चिममा पनि कोरोना संक्रमितहरु थपिन थालेका छन् । लामो समय जिल्लामा कोरोनाका संक्रमितहरु फेला परेका थिएनन् । तर गत शुक्रबार देखि भने कोरोना भाईरसका संक्रमितहरु देखिन थालेका छन् । स्वास्थ्य सेवा कार्यालयका अनुसार हाल जिल्लामा ५ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् ।
संक्रमित मध्यमा एक जना जिल्ला अस्पतालमा कार्यरत डाक्टर हुन् । संक्रमितहरु सबै होम आईसोलेसनमा रहेको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार दुई जना, सोमबार २ जना र मंगलबार १ जनामा संक्रमण देखिएको थियो । जसमध्ये २ जनालाई आज डिस्चार्ज गर्न लागिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।