Kakhara सबैको खबर सम्पूर्ण खबर
सुत्केरीलाई स्याहार खर्च बाँड्दै वडाध्यक्ष 
मुसीकाेट १२ जमारूकी गीता ओलीलाई सुत्केरी स्याहार भत्ता वितरण गर्दै वडाध्यक्ष धिरन शिर्पाली ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष धिरन शिर्पालीले सुत्केरी स्याहार खर्च बाँडिरहनुभएको छ । वडाध्यक्षको पदभार ग्रहण गरेसंगै उहाँले वडामा सुत्केरी हुने सबै आमालाई ३ हजार सुत्केरी स्याहार भत्ता दिने घोषणा गर्नुभएको थियो । सोही अनुसार उहाँले हालसम्म तीन जना सुत्केरीलाई स्याहार खर्च वितरण गर्नुभएको छ । सुत्केरी भएको १० दिनभित्र घरमै पुगेर सुत्केरी स्याहार खर्च दिईरहेको उहाँले बताउनुभयो ।

जसक्रममा मंगलबार वडाको जमारुकी गीता ओलीलाई ३ हजार रुपैंया प्रदान गरिएको वडाध्यक्ष शिर्पालीले जानकारी दिनुभयो । पोषिला खानेकुराको व्यवस्था गर्न सहज होस भनेर आफुले सुत्केरीलाई स्याहार भत्ता दिने घोषणा गरेको उहाँले बताउनुभयो । यसले आमा र शिशुको पोषण स्थितिमा सुधार हुने अपेक्षा उहाँको छ । वडा  सदस्य डिल्लीबहादुर ओली र वडा सचिव देवीलाल पुन लगायतको टोली सहित घरमै पुगेर वडाध्यक्ष शिर्पालीले स्याहार खर्च प्रदान गर्नुभएको हो । 
 

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update