रुकुम पूर्वकाे सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बिरामीलाई आर्थिक सहयोग गर्नुका साथै भिटामिन वितरण गर्नुभएको छ । तत्कालिन जनयुद्धका सञ्चार पोष्ट प्रमुख तथा माओबादी केन्द्रका पूर्णकालिन कार्यकर्ता खमबहादुर थापालाई अध्यक्ष रेग्मीले आर्थिक सहयोगका साथमा फलफूल वितरण गर्नुभएको हो ।
अध्यक्ष रेग्मीले केबेन्द्र गौतम र राजु रेग्मीद्धारा सञ्चालित विपदका लागि राहत कोषबाट प्रदान गरिएका दुई वटा चेबनप्रास, एक बोतल हिमासील सलानी र जुस वितरण गर्नु भएको छ । रेग्मीले थप भिटामिन किन्न विरामि थापालाई नगद दुई हजार पनि हस्तान्तरण गर्नुभएको छ । थापाको स्वास्थ्य अवस्था बुझन अध्यक्ष रेग्मी अस्पताल पुग्नु भएको थियो ।
सिस्ने ६ झिङरीमा बस्दै आएका ६५ वर्षिय थापा विगत चार दिन देखि रुकुम पूर्व अस्पताल रुकुमकोटमा उपचारत हुनुहुन्छ । भाइरल ज्वरोले थलिएका थापाको स्वास्थ्यमा सुधार हुँदै गइरहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन । विराममीभेटन अस्पताल पुग्नु भएका अध्यक्ष रेग्मीले मेडिकल सुपरिटेण्डेन्ट एवम् निमित्त कार्यालय प्रमुख डाक्टर अर्जुन बुढा मगरसँग सेवा प्रवाहका विषयमा छलफल समेत गर्नु भएको छ ।
भएको स्रोत साधनको प्रयोग गरी विरामीलाई गुनासो रहित सेवा दिन अध्यक्ष रेग्मीले अस्पतालका प्रमुख र चिकित्सकलाई आग्रह गर्नुभएको छ । राहतका लागि विपत कोषबाट युवाहरु सङ्गै अध्यक्ष रेग्मीले सयुंक्त रुपमा उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । सहयोग तथा भिटामिन वितरण कार्यक्रममा अध्यक्ष रेग्मीसहित युवाहरु विकास विसी, प्रकाश कार्की, राजु रेग्मी, केवेन्द्र गौतम लगायतको उपस्थिति रहेको थियो ।