Kakhara सबैको खबर सम्पूर्ण खबर
विजयश्वरी बोर्डिङका ७ विद्यार्थीले ल्याए ३.६ वा त्याे भन्दा माथिको जीपीए  
३.६ वा त्यो भन्दा माथिको जीपीए ल्याउने विजयश्वरी वोर्डिङ स्कुलका विद्यार्थी ।

रुकुम पश्चिममा २०७८ सालको इएइई परीक्षामा ४ हजार ९ सय १९ जना विद्यार्थीहरु सहभागी भए । जसमध्य बुधबार आएको नतिजा अनुसार २१ जना विद्यार्थीले जीपीए ३.६ वा त्या भन्दा माथिको जीपीए हाँसिल गरे । तर कोही पनि विद्यार्थीले जीपिए ४ भने ल्याउन सकेनन् । २१ जना मध्यमा सामान्य तर्फका १२ जना विद्यार्थी हुन् । ९ जना भने प्राविधिक धार तर्फका विद्यार्थी हुन् । सामान्य तर्फ ३.६ वा त्यो भन्दा बढी र ४ भन्दा कम जीपीए ल्याउने १२ जना विद्यार्थी मध्य ७ जना भने एउटै विद्यालयका विद्यार्थी हुन् ।

जिल्ला सदरमुकाम मुसीकोट खलंगामा रहेको विजयश्वरी बोर्डिङ स्कुलका ७ जना विद्यार्थीले ३.६ वा त्यो भन्दा माथिको जीपीए हाँसिल गरे । ७ जना मध्य १ छात्रा हुन् भने बाँकी ६ जना छात्र हुन् । यो विद्यालय जिल्लाकै पुरानो नीजि विद्यालय हो । यस विद्यालयका देपेन्द्र खड्काले ३.९५ जीपीए ल्याएका छन् । उनि जिल्लामै सबैभन्दा बढी जीपीए ल्याउने विद्यार्थी हुन् । यसै विद्यालयका रोशन खड्काले ३.८० तथा सुजन ओली र सञ्जय रोकायले ३.७० जीपीए ल्याए ।

विपना खड्का, विश्वास सोनाम र शनि खड्काले समान ३.६० जीपीए ल्याएको विद्यालयले जनाएको छ । विद्यालयले जिल्लामा राम्रो नतिजा ल्याईरहेको छ । विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि राम्रो नतिजाको निरन्तरता भएको प्रिन्सिपल जयबहादुर थापाले बताउनुभयो । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update