Kakhara सबैको खबर सम्पूर्ण खबर
पहिराेले दिव्य चक्षु माविकाे भवनमा क्षति
पहिराेले क्षति गरेकाे विद्यालय भवन ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ को दिब्य चक्षु माध्यमिक विद्यालयमा पहिरोले क्षति पुर्याएको छ । बिहिवार साझको निरन्तर वर्षाका कारण विद्यालय देखि माथीबाट झरेको पहिरोले नयाँ ४ कोठे पक्की भवनमा क्षती पुर्याएको हो । कर्णाली प्रदेश सरकारको ४० लाख बजेटमा गत आर्थिक वर्षमा २०७८/७९ मा निर्माण भएको उक्त भवनका पिलर भत्किनुका साथै भवनको पर्खाल पनि दर्किएको शिक्षक घनश्याम दर्लामीले जानकारी दिनुभएको । उहाँका अनुसार विद्यालय माथीबाट झरेको पहिरोले भवनको एक कोठा माटोले भरिएको छ ।

पहिरो संगै सिमलका रुख ढल्दा नजिकै रहेको कच्ची भवनमा पनि क्षति पुगेको छ । टिनको छाना भत्किएको विद्यालयले जनाएको छ । पहिरो अझै पनि झर्न सक्ने र विद्यालयलाई थप क्षति गर्न सक्ने बताईएको छ । क्षति भएको पक्की भवनमा रङरोगनको काम चलिरहेको छ । रङरोगनको काम सकिएपछि विद्यार्थीलाई नयाँ भवनबाट पठनपाठन सुरु गर्ने तयारी भएपनि पहिरोले भवनमा क्षति पुर्याउदा पठनपाठनमा समस्या पर्ने शिक्षक दर्लामीको भनाई छ । विद्याललयमा बाल शिक्षा देखि कक्षा १० सम्म पठनपाठन भइरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १३:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update